पर्यटकीय क्षेत्र जलजलाको फोहर व्यवस्थापन

रोल्पा । पर्यटन विकासमा योगदान गर्ने भन्दै यहाँका युवाले पर्यटकीय क्षेत्र जलजलाको सरसफाइ गरेका छन् ।

रोल्पा नगरपालिका–८, ९ र १० तथा सुनछहरी गाउँपालिका–७ र थवाङ गाउँपालिकाका स्थानीयवासी एवं युवाको सहभागितामा जलजला क्षेत्र सरसफाइ गरिएको हो ।

सरसफाइबाट करिब आठ ट्रक फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो । “जल्ने र नजल्ने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन ग¥यौँ”, पर्यटन अभियानकर्मी बालकुराम पुनले भने, “पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल र अन्य प्लाष्टिकजन्य फोहरका साथै पेयपदार्थका बोतल, सिसा, जस्तापाताका टुक्रा जम्मा भएका रहेछन् ती फोहर सबै व्यवस्थापन गरेका छौँ ।”

सरकारले जलजलालाई नेपालका एक सय पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको थियो । जलजला धार्मिक, युद्ध र पर्या–पर्यटनको सङ्गम मानिन्छ ।

बर्सेनि वैशाख, जेठ र श्रावण पूर्णिमामा तीन पटक मेला लाग्ने सो ठाउँमा टाढाटाढाबाट हजारौँ भक्तजन र तीर्थालु आउने गर्दछन् । यहाँ ठूलो सङ्ख्यामा बलि दिने गरिन्छ ।

आन्तरिक तीर्थालुका साथै जलजलामा दाङ, सल्यान, रुकुम, प्यूठान, बागलुङ, बाँकेलगायतका जिल्लाबाट तीर्थालु आउने गरेको बताइन्छ ।

रोल्पा, सुनछहरी र थवाङ गाउँपालिकाको सिमानामा पर्ने सो क्षेत्र यहाँको सुन्दर पहाड हो । यसको उचाइ तीन हजार आठ सय मिटर रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गबाट जलजला जाने पर्यटकको सहजताका लागि विभिन्न ठाउँमा सङ्केत चिन्हसमेत राखेको छ ।

दलदले जमिन भएको जलजलामा करिब एक दर्जन प्रजातिका गुराँसका साथै अन्य बहुमूल्य जडीबुटीसमेत रहेको बताइन्छ ।

घोरल, थार, मृग, बँदेल, बाघ, भालुलगायतका जङ्गली जन्तुका साथै धुपी, वाँच, रयँच, भोजपत्र, लेक सल्लालगायतका वनस्पति पाइन्छन् ।

यहाँ डाँफे, मुनाल, कालिजलगायतका पक्षीसमेत रहेको स्थानीयको भनाइ छ । यो क्षेत्रलाई १० वर्ष लामो सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले पूर्णरुपमा बन्देज गरी संरक्षण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?