back to top

दुर्घटनामा परी गम्भीर घाइतेको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी हुन् ।

उनको शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुन् । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उहाँसहित चारजना घाइते भएका थिए ।

तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?