back to top

फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ ।

“फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उनको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए ।

रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभकार्यमा फूलको माग राम्रो देखेपछि फूलखेतीमा होमिएका हुन् । हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै बिक्री समेत गरिरहेका छन् ।

हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्‍याउछन् । थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताए ।

दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गर्नुभएका उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका छन् ।

“काठमाडौँतिर व्यावसायिक फूलखेती भए पनि दाङमा नभएकाले फूलखेती सुरु गरेको हुँ”, उनले भने, “घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन ।” पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ ।

अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उहाँको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?