back to top

पत्रकार आचार्यको स्मृति ग्रन्थ प्रकाशित

लुम्बिनी । रुपन्देहीका पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उनको १२औँ दिनको पून्य तिथिमा स्मृति ग्रथ आज सार्वजनिक गरिएको हो ।

पत्रकार आचार्यको यही भदौ १ गते काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । स्मृति पुस्तिकामा उनका समकालीन, सहकर्मी, पत्रकार, परिवारका सदस्यलगायतका भावना, अनुभूति र श्रद्धाञ्जलिसहितका ५२ लेख समेटिएका छन् ।

बागलुङमा जन्मे–हुर्केका आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेसाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर रहेको रुपन्देहीका अग्रज पत्रकार नारायण सापकोटाले बताए ।

पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको आत्म–संंस्मरणको सङ्गालो पुस्तक ‘झझल्को’ प्रकाशित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?