बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा सुख्खा पहिरोले जीप पुर्दा तीन ३ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पाल्पा–तम्घास सडकखण्डको जोर्तेमा पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार जीपमा सवार दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट तीन बच्चासहित घाईतेलाई उद्धार गरि उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाईएको छ ।
अफ्ठेरो र कटान भइरहेको मोडमा सडकमाथिबाट खसेको ढुंगे पहिरो खसेपछि सडक बन्द छ ।

