बर्दिया । बर्दियामा प्रहरीले १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बारबर्दिया नगरपालिका—६ जयपुरका २१ वर्षीय हरि खड्कालाई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवम् डीएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
उनका अनुसार खड्काले किशोरीलाई विवाह गर्ने प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको अभियोग छ । भदौ ५ गते राति जबर्जस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ उनलाई गरी अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको बोहोराले बताए ।

