बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले गुटबन्दीले पार्टीलाई राम्रो नगर्ने बताएका छन् ।
पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा प्रदेश अध्यक्षका आकांक्षी हरि रिजाल पक्षले गुटगत गोप्य भेला गरेको बुधबार सार्वजनिक भएको थियो ।
गिरीले गुटगत भेला नगर्न आग्रह गर्दै अधिवेशनलाई प्रभाव पार्ने गरी पार्टी केन्द्रीय कमिटीका केही सदस्यहरुको अगुवाईमा गुटगत भेला आयोजना गरिनु दुखद् रहेको बताए ।
गिरीले भने, “लामो गुटफुट र विभाजनको पिडाबाट मुक्त भई सहजतापूर्ण वातावरण बन्ने परिवेशमा यस खालका भेला आयोजना हुनु अत्यन्त दुखद छन ।” अधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरुलाई गुटबन्दीमा नलागी स्वतनत्रातापूर्वक आफ्नो विवेक प्रयोग गरी अधिवेशनलाई सफल बनाउन अपिल गरे ।
प्रदेशको नेतृत्व लिन हालका अध्यक्ष पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजालले उम्मेदवार बन्ने घोषणासहित तीब्र लबिङमा छन् ।

