back to top

एमालेको नीति र नेतृत्वमा कुनै विवाद छैन् : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।

शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताए ।

“एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ” पौडेलले भने, “नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन् ।”

उनले १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताए ।

“एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन” उनले भने, “पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुनुहोला ।”

पौडेलले एमालेमा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको दाबी समेत गरे । उनले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको दाबी गरे ।

पौडेलले आफू र महासचिव बीच जोडेर गुटबन्दीको चर्चा चलेकोमा पनि आपत्ति जनाए । उनले आफू कुनै पनि गुटबन्दीमा नलाग्ने भन्दै गुटबन्दी मुर्दावाद र पार्टी एकता जिन्दाबाद भनेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?