बाँकेमा लागूऔषधसहित युवक पक्राउ

बाँके । नेपालगन्जमा ५० ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । भारतको रुपैडीहाबाट नेपालगन्ज आउँदै गरेका दाङ घोराही–११ का २५ वर्षीय सञ्जय नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले जुत्तामा लागूऔषध लुकाएर ल्याएको अवस्थामा प्रहरीले शंका लागेर खोजी गर्ने क्रममा बरामद गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

डीएसपी डाँगीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले नेपालीलाई सोमबार नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?