दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला एक महिनपछि बिहीबार खोलिएको हो । विश्वबिद्यालय र अखिल क्रान्तिकारीबीच भएको बार्तामा पाच बुदे सहमतिपछि ताला खोलिएको हो ।
बिहीबार भएको बार्तामा विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिले औंल्याएका विषयहरू अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सेवा आयोगका आगामी विज्ञापनका आवेदनहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यस्तै विश्वविद्यालयका अति संवेदनशील शाखा, विभागमा कार्यरत प्राध्यापक र कर्मचारीहरूको आवश्यकता र औचित्यको न्यायोचित व्यवस्थापन गर्ने र सेवा आयोगबाट लिइने कर्मचारीका परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङ जिल्लामै सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ ।

