बुढीनालाको किनारमा लुकाइराखेको अवैध काठ बरामद

बर्दिया । गुलरिया नगरपालिका—९ खालीपरुवास्थित बूढीनालाको किनारमा लुकाइराखेको पपुलर जातको काठ प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको ३४ दशमलव २ क्यूफिट काठ सीमावर्ती भारत कतरनियाघाट वन्यजन्तु आरक्षबाट तस्करले ल्याएको आशंका गरिएको छ । बेवारिसे अवस्थामा काठ बरामद गरिए पनि कोही पक्राउ परेका छैनन् ।

विगत केही समययता तस्करले अवैध रूपमा भारतीय वनबाट काठ भित्र्याउँदै नेपाली भूमिमा फालेर जाने गरेका छन् । प्रहरीले बरमद गरेको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दिया पठाएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?