back to top

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाद्वारा निर्माणाधीन सुस्ता झुलुङ्गे पुल अनुगमन

नवलपरासी । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको आज अनुगमन गरेका छन् ।

पुल नहुँदा नारायणी नदीपारिका सुस्तावासीलाई आफ्नै भूमि आउजाउ गर्न निकै कठिन छ । अनुगमनपछि अध्यक्ष तिमल्सिनाले पुल निर्माण चाँडै सम्पन्न गर्न आफूले पहल गर्ने बताए ।

“आफ्नै भूमि आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन पुल निर्माण छिटो हुनुपर्छ”, अध्यक्ष तिमल्सिनाले भने, “यो पुल सुस्तावासी सपना हो ।” विसं २०७५ मा आफू सुस्ता आउँदा पुल निर्माणको भौतिक प्रगति नभएको देखिएको बताउँदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाँडै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

तत्कालीन समयमा पुलको योजना अघि बढाउन राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाको पनि भूमिका रहेको सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रामप्रसाद पाण्डे, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

एक हजार पाँच सय ७१ मिटर लम्बाइ र एक दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?