back to top

गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका–३ का १७ बर्षीय डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।

पहिरोमा परेर रेसुङ्गा नगरपालिका–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु गुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?