नागरिकका गुनासो सुन्न राप्तीसोनारी गाउँपालिकाले ल्यायो एप

बुटवल । बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकका गुनासो सुन्न एप सञ्चालनमा ल्याएको छ । ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीले गाउँपालिका कार्यालय, विषयगत शाखा, वडा कार्यालयसँग सम्बन्धित गुनासो पठाउन सक्नेछन् । यसबाट सम्बन्धित शाखालाई गुनासो पठाउन सकिने र गाउँपालिकासँग प्रत्यक्ष कुराकानी गर्न पनि सकिनेछ ।

गुनासो एपमा गाउँपालिकाले नागरिक बडापत्र नेपाली, थारू र अवधी भाषामा राख्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

गाउँपालिकालाई पारदर्शी, सुशासनमैत्री गराउन तथा जनताका गुनासालाई छिटोभन्दा छिटो समाधान गर्ने उद्देश्यले यस्तो एप प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?