बाँकेमा मृत अवस्थामा भेटियो पाटे बाघ

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काका अनुसार बाघको मृत्युको कारण खुलेको छैन । मृतक पाटे बाघको बुधबार स्वास्थ्य परीक्षण गरिँदै छ ।

स्थानीयका अनुसार उक्त बाघ केही दिन अघिदेखि गाउँमा देखिएको थियो । बाघले असोज १ गतेदेखि ८ गतेसम्म स्थानीयले पालेका पशुचौपायालाई समेत आक्रमण गरेको थियो ।

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेका थिए । मंगलबार अचानक सोही बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?