दाङ । दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिका–१४ भेटनरीका ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको उजुरीपछि अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

