बुटवल । दाङमा मोटरसाइकलमा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
घोराहीका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा घोराही उपमहानगरपालिका–१० सौडेकुलाकी ३२ वर्षीय मीना चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
लेनदेनका विवादमा चौधरीले मोटरसाइकलमा आगो लगाएको बताइएको छ । आगो लगाएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ ।

