back to top

थोरै नम्बर ल्याएका विद्यार्थीमाथि निर्घात कुटपिट

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाई परीक्षामा सबैभन्दा कम अङ्क ल्याउने एक बालिकामाथि कुटपिट भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत वर्ष ११ को छात्रा बढी अङ्क ल्याउने छात्रबाट कुटिएकी छन् ।

विद्यालयका एक शिक्षकले परीक्षामा थोरै अङ्क ल्याउनेलाई धेरै अङ्क ल्याउनेले पिट्ने नियम बनाइ आन्तरिक परीक्षा सञ्चालन गरिएको थियो । प्रतिस्पर्धामा सबैभन्दा थोरै नम्बर आएपछि आफ्नै साथीबाट कुटाइ खाएको पीडित बालिकाले बताइन् ।

कुटपिटले विद्यार्थीको ढाडमा चोट लागेको छ । सिकाइ सुधारका लागि शारीरिक पीडा हुनेगरी कुटपिट हुनु गतल भएको पीडित बालिकाका अभिभावक नोखइ थारुले बताए ।

विद्यालयले सजाय दिएपछि अभिभावकले विद्यालयमा पुगी ध्यानाकर्षण गराएका छन् । विद्यालयमा हुने शारीरिक र मानसिक सजाय नदिन अभिभावकले आग्रह गरेका छन् ।

यसैगरी कपिलवस्तु नगरपालिकाको सनसाइन आवासीय माविमा होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नभएपछि ११ वर्षीय बालिका शिक्षकबाट कुटिएकी छन् ।

कम्प्युटर विषयका शिक्षकले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्रालाई पिट्दा देब्रे र दाहिने पाखुरा र हातमा नीलडाम बसेको छ । पीडित बालिकाले होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कक्षा कोठामै कुटेको बताइन् । घटनाबारे अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?