जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

प्यूठान । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती युवतीलाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?