बुटवल । पशुको खानपानमा ध्यान दिन सके किसानले बढि लाभ लिन सक्ने विज्ञले सुझाव दिएका छन । रुपन्देहीको तिलोत्तमामा नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म संचालन भएको एक तालिममा उनिहरुले उक्त सुझाव दिएका हुन ।
पालिकाको वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले २० जना ब्यवसायीक पशुपालक किसानलाई नेदरल्याण्डका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर शैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरेको थियो ।
गाई पालन गर्दा आउने समस्या, पशु आहार, गोबरबाट गाईको अवस्था थाहा पाउने तरिका, खुट्टाको खुरबाट आउने समस्या, खुर काट्ने तरिका र तौल मापनसँगै रोग पत्ता लगाउने तरिकाको विषयमा किसानलाई प्रयोगात्मक तालिम दिईएको थियो ।
पोम नेदरल्याण्डका पशु विशेषज्ञ ब्रेण्ड जन स्टोईलले कृषक पशुपालन ब्यवसायबाट बढि लाभ लिनको लागि हरियो घासँको प्रयोगमा जोड दिए । उनले गाईलाई रोग लाग्नु भन्दा अघि देखाउने लक्षण र समस्या सामाधानका उपायका बारेमा शैद्धान्तिक ज्ञान प्रदान गरेका थिए ।
गाईको गोबरको परिक्षणबाट गाईको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताउँदै उनले पशु आहारमा सुधार गर्न सके किसानले बढि लाभ लिन सक्ने बताए ।
तिलोत्तमामा विगत १० वर्षदेखि ब्यवसायीक पशुपालन गर्दै आएका किसान तथा उत्तम साईलेज उद्योगका संचालक भेषराज पाण्डेयले उत्पादन विद्धि तथा पशुपालनमा हरित आहारको महत्व किसानलाई जानकारी गराउने उद्देश्यले सैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको जानकारी दिए ।
तालिमले ब्यवसायीक रुपमा पशुपालन सम्बन्धि धारणामा परिबर्तन आएको बताउँदै उनले पशुपालन गर्दा संरचना निर्माणलाई भन्दा आहार ब्यवस्थापनलाई जोड दिँदै हरियो घासँको आहारलाई प्रोत्साहित गरिनु पर्ने बताए ।
हरियो घाँसको प्रयोगले दूध उत्पादनमा बृद्धि हुँदा किसानलाई प्रत्यक्ष रुपमा फाईदा मिल्ने उनले सुनाए । पराल, गहुँको भुस वा दानाको प्रयोगको सट्टा हरियो घासँलाई मिलाएर पशुको आहारा बनाउन सके दुधको उत्पादनमा बृद्धि गर्न सकिने पाण्डेले बताए ।
यस्तै उन्नत एग्रो पार्मका सहसंचालक रुपेश पाण्डेयले नेदरल्याण्डमा गरीने ब्यवसायीक गाईपालनको अध्ययन गरेको र त्यहाँ सिकेको सीपलाई सोही अनुसार किसानलाई प्रोत्साहन गर्नको लागि तालिम संचालन गरिएको जानकारी दिए । १५ दिनसम्म नेदल्याण्डमा गएर गाईपालनको अध्ययन गरेको र त्यहाँका पशुबिज्ञबाट कृषकहरुलाई प्रत्यक्ष लाभमिल्ने गरी तालिम संचालन गरीएको उनले बताए ।
हरियो घासँको प्रयोगले किसानको लागतमा कमी आउने मात्र नभई गाईभैसीलाई पनि फाईदा मिल्ने बिज्ञबाट किसानले शुझाव पाएका थिए ।

