दाङका इन्जिनियर रानाभाटविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध तीन करोड १५ लाख ८१ हजार ६६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ हसार ३० देखि २०७९ मङ्सिर ६ गतेसम्मको समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो भ्रष्टाचार भएको खुलेको छ ।

सो रकम बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

अनुसन्धानको क्रममा निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा शेयर/जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।

निजले श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंकमा रकम जम्मा गरेको पाइएकाले बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?