बुटवल । नेकपा एमालेका नेता हरि रिजालले केन्द्रीय सदस्य पद गुमाएका छन् । केन्द्रीय कमिटीको जिम्मेवारीमा रहँदारहँदै प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका उनले विधानअनुसार पद गुमाएका हुन् ।
हालै सम्पन्न एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा प्युठानका रिजाल प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेलसँग २ मतले पराजित भएका थिए ।
एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद गुम्ने प्रावधान छ ।

