back to top

लापसे गरेर गाडी चलाउने रोल्पाका दिपक प्रहरी नियन्त्रणमा

काठमाडौं । लागु पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा शुक्रबार गरेको ९ सवारी चेकिङमा तीन जना सवारी चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार बा २ ख ८२०५ नम्बरको मिनी ट्रक चालक रोल्पा जुराका २७ वर्षीय दिपक विक, ना ६ ख ५१९६ नम्बरका ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका–२ भैंसेका २८ वर्षीय राजन विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै ट्राफिक प्रहरीले बा ५ ख ५२७७ नम्बरका हाइस चालक धादिङ गल्छी गाउँपालिका–५ का ३४ वर्षीय रमेश कमरलाई समेत नियन्त्रणमा लिएको छ ।

आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?