प्युठानमा आफ्नै छोराको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका –७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।

मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

असोज १८ गते दिउँसो मुतक बच्चालाई च्यापेर हिडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खवर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खवर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?