प्रचण्ड सरकार जनताको होइन : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान प्रचण्ड सरकार जनताको नभएको बताएका छन् । राष्ट्रिय आवश्यकता भन्दा विदेशीको इसारामा नाच्ने प्रधानमन्त्री देश र जनाताको हुन नसक्ने उनले बताए ।

एमाले निकट थारुहरुको संगठन नेपाल लोकतान्त्रिक संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विदेश भ्रमणमा नेपाल र नेपालीका समस्या उठान र पैरवी गर्ने आँट नगरी जनताको ढाँड सेक्ने गरी अगाडी बढेको आरोप लगाए ।

“यो सरकार न त जनताको सरकार हुन सक्यो । न राष्ट्रको सरकार हुन सक्यो । देशका प्रधानमन्त्री आफैले भन्ने गर्दछन् मत छिमेकीहरुको लागी कम्फटेवल छु” पोखरेलले भने, विदेश भ्रमणमा नेपालका हितको पक्षमा पैरवी गर्ने आँट गर्न सक्दैनन् ।”

कायक्रममा थारु अगुवाहरुले नेपालको आदीवासी थारु समूदायको हककितमा ठुला दलहरु अनुदार रहेको भन्दै थारु कलष्टर निमार्ण गरेर थारुहरुलाई हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनुपर्ने माग गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?