back to top

अवैध सालको काठसहित एक पक्राउ

खजुरा । नेपालगञ्जमा वन कार्यालयको टोलीले विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।

वन कार्यालयको टोलीले सो मिलमा सालको गोलिया काठ चिर्दै गर्दाको अवस्थामा फेला पारेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा –१४ भाटनपूर्वास्थित जय गुरुदेव सःमिलमा छापामारी अवैध साल जातको चिरान काठसहित एक जनालाई पक्राउ गरिएको नेपालगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिए ।

उक्त सःमिलबाट ३२ थान सालको २४।६६ क्यूफुट अवैध चिरान काठ बरामद भएको सहायक वन अधिकृत पार्धेले बताए । काठ सँगसँगै उक्त सःमिलका प्रतिनिधि मकरध्वज पाण्डेलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको उनले जानकारी दिए ।

उक्त सःमिलमा अवैध काठको चिरान र कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा कागजपत्र नभएको काँचो अवस्थामा रहेको काठ बरामद भएको पार्धेले बताए । “अवैध काठ चिरान भइरहेको छ भन्ने सूचना प्राप्त भयो । मिलमा जाँदा अवैध सालको गोलिया काठ चिरान गर्दाको अवस्थामा फेला परेको छ ।” उनले भने.।

बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गरी कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेलाई बुझाइएको उहाँले जानकारी दिए । बाँकेमा पछिल्लो समय अवैध काठको ओसारपसार, चोरी तस्करी तथा विक्री वितरण गर्ने काम निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?