back to top

वडाबाटै मालपोतको राजस्व सङ्कलन गरिँदै

रामपुर । रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व सङ्कलन गर्ने भएको छ ।

मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व सङ्कलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए ।

“थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यापालिकाको कार्यालयमा आउनुपरेको छ”, उनले भने, “अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ ।”

रु एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसी बताइन् ।

वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि सङ्कलन गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?