गोदावरी । धनगढीमा सम्पन्न अन्तर प्रदेश पारा बास्केटबलमा लुम्बिनी प्रदेशको टीम प्रथम भएको छ । अपाड्ढता भएका व्यक्तिले खेल्ने उक्त पारा बास्केटबल प्रतियोगीतामा प्रथमसँगै लुम्बिनी टीमले गोल्ड मेटलसहित नगद २५ हजार रुपियाँ पाएको छ ।
यस्तै, प्रतियोगीतामा कर्णाली प्रदेश टीम दोस्रो र सुदूरपश्चिमको धनगढी टीम तेस्रो भएका छन् । दोस्रो र तेस्रोले क्रमश १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् ।
प्रतियोगीताका उत्कृष्ठ खेलाडी लुम्बिनीका खुमवहादुर पाण्डेले प्रमाणपत्रसहित नगद पाँच हजार प्राप्त गरेका छन् । विजेता खेलाडीलाई सुदूरपश्चिम खेलकूद परिषदका सदस्यसचिब दीपक सिंहले पुरस्कार वितरण गरेका थिए ।
यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउँदले विगतमा राज्यद्वारा पछाडी पारिएको सुदूरपश्चिमलाई हरेक क्षेत्रमा अपाङ्गतामैत्री वनाउने आफ्नो पहल रहने प्रतिवद्धता गरेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुलाई दयामाया मात्रै नभएर हकअधिकार र अवसर दिनुपर्छ भनेर यो वर्गको उत्थानमा प्रदेश सरकार गम्भीर रहने उनको भनाइ थियो ।
सुदूरपश्चिम खेलकुद परिषदको आर्थिक सहयोगमा समावेशी पारा एथलेष्टिक्स स्पोर्टस क्लव धनगढीको आयोजनामा भएको उक्त प्रतियोगीतामा सुदूरपश्चिमका कञ्चनपुर, धनगढी र टीकापुर गरी तीन टीम यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एकरएक टीम सहभागी थिए ।

