अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : पौडेल

लुम्बिनी । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाए ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए । उनले भने, “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।”

उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?