back to top

बर्दियामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

बर्दिया । बर्दियामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शक्तिपुरबाट गणेशपुरतर्फ जाँदै गरेको भे ७ प ८६०४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जिल्लाको गुलरिया नगरपालिका–११ का ६० वर्षीय इस्माइल खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुधीरराज शाहीले जानकारी दिए ।

उनका अनुसार गएराती सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका खाँको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक बढैयाताल गाउँपालिका–९ का सुकदेव थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?