बुटवलका धेरै मिष्ठान्न भण्डारमा खान अयोग्य वस्तुको प्रयोग

बुटवल । बुटवलका धेरै मिष्ठान्न भण्डारमा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने खान अयोग्य वस्तु प्रयोग भएको भेटिएको छ ।

बुटवल उपमहानगरपालिकाको अगुवाइमा खाद्य प्रविधि गुण तथा नियन्त्रण कार्यालयसहितले दसैं सुरु भएपछि गरेको मिठाइ पसलको अनुगमनमा यस्तो भेटिएको हो । अधिकांश मिष्ठान्न भण्डारमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल प्रयोग गरेको पाइएको छ।

ट्राफिक चोकमा रहेको कस्तुरी मिष्ठान्न भण्डारमा कराईमा तारेको तेल चेक गर्दा प्रयोग गर्न नमिल्ने र २ किलो रसबरीमा अखाद्य वस्तु भेटिएपछि नष्ट गरिएको छ ।

सिद्धबाबा मिष्ठान्न भण्डारको शाखा गोलपार्कमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको तेल र उपभोग मिति सकिएको पेय पदार्थ भेटिएको छ ।

मोतिपुरमा रहेको दुर्गा मिष्ठान्न भण्डारमा ढुसी लागेको १० किलो पेडा फेला पारेको छ । फ्रिज भित्र राखिएको १० केजी पेडामा ढुसी लागेको फेला पारेपछि अनुगमन टोलीले तत्काल नष्ट गरेको छ ।

यस्तै आर्दशनगरमा रहेको महालक्ष्मी मिल्क सेन्टरमा १३ पोका लेबल नभएको पनिर भेटेपछि तत्काल जफत गरेर नष्ट गरेको छ ।

खाद्य गुण तथा नियन्त्रण कार्यालय भैरहवाका प्रविधिक निरिक्षक दिपक कुमार यादवले तारेको तेलमा २५ भन्दा कम टिपिएम हुनुपर्नेमा मापन गर्दा ५० भेटिएको जानकारी दिए ।

यसरी तारेको तेलमा खानेकुरा पकाए खाए क्यान्सर रोगको जोखिम हुने गरेकाले उपभोक्ताले खान नहुने उनले जनाए ।

बुटवल उपमहानगर उपप्रमुख तथा बजार अनुगमन समितिको संयोजक उपप्रमुख सावित्रादेवी अर्यालले खाद्य पदार्थको भण्डारण, भान्सा, फ्रिजको सरसफाईको मापदण्डको पालना गरेर मात्र मिठाई र अन्य खानेकुरा तयार गर्न निर्देशन दिइन् । नत्र कारबाहीको दायरामा ल्याउने उनले बताइन् ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले अधिकांश मिठाई पसलले स्वास्थ्यमा खेलवाड गरेको पाइएकाले बुटवलमा निरन्तर रुपमा अनुगमन गर्नुपर्ने देखिएको बताए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?