बुटवल । अर्घाखाँचीमा बन्दुक देखाएर आफ्नै बावुलाई मार्ने धम्की दिने एक जना पक्राउ परको छन् ।
जिल्लाको भुमिकास्थान नगरपालिका–९ निनुखर्कका २६ वर्षीय बिष्णु कुँवरलाई प्रहरीले १ थान एकनाले भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।
उनले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु/मार्छु भन्ने गरेको सुचनापछि अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

