नेपालगञ्जमा दुई दिनमै उठ्यो १ करोड ८० लाख वक्यौता

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ ।

कार्यालयले अहिलेसम्म दुई दिनको अवधिमा रु एक करोड ८० लाख ६८ हजार छ सय ७० वक्यौता असुली गरेको छ ।

अभियानअन्तर्गत सोमबार रु दुई हजार पाँच सय ४७ ग्राहकबाट रु ८५ लाख ४१ हजार आठ सय ७० र आइतबार दुई हजार पाँच सय ७४ ग्राहबाट रु ९५ लाख २६ हजार आठ सय वक्यौता असुली भएको केन्द्रले जनाएको छ ।

विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको रु १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय वक्यौता पनि असुली भएको थियो ।

त्यस्तै एक सय ६३ जनाको रु ११ लाख ८७ हजार चार सय ६० वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर रु आठ लाख ७४ ६० वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ ।

मध्यरातिसम्म अनलाइन भुक्तानी हुने भएकाले सो रकम बुझाउनेको सङ्ख्या अझ बढ्ने वितरण केन्द्रका लेखा प्रमुख बुद्धीसागर भुषालले जानकारी दिए ।

प्राधिकरणले थालेको अभियान तथा जनचेतनाका कारण नेपालगञ्ज वितरण केन्द्रमा हुने नियमित सरदर सङ्कलनको दोब्बर रकम सङ्कलन भएको बताइएको छ ।

त्यस्तै कोहलपुर वितरण केन्द्रले उक्त क्षेत्रबाट रु १२ लाख ३१ हजार ५०६ वक्यौता रहँदा एक सय चार जनाको लाइन काटिएको जनाएको छ ।

विद्युत् महसुल भुक्तानी गर्न ६० दिन नाघेका ग्राहकलाई सार्वजनिक सूचनामार्फत अविलम्ब भुक्तानीको लागि आग्रह गरेपछि प्राधिकरणले बक्यौता महसुल असुलीमा कडाइ गर्न थालेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?