क्यामरुनी फरवार्ड निकालस बुटवल लुम्बिनीमा अनुबन्ध

बुटवल । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि क्यामरुनी फरवार्ड निकालस सर्ज सङ्गलाई अनुबन्ध गरेको छ ।

बुटवलले तेस्रो विदेशी खेलाडीको रूपमा सङ्गलाई भित्र्याएको हो । यसअघि क्लबले आइकोरी कोस्टका गोलकिपर कोउसी क्रिस्टियन र क्यामरुनी फरवार्ड स्टेफन बिनोङलाई भित्र्याएको थियो ।

सङ्गले न्युरोड टिम (एनआरटी) बाट पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । बुटवलमा मिडफिल्ड एरिक विष्ट मार्की तथा फरवार्ड आशिष लामा आइकोनिक खेलाडीका रूपमा छन् ।

बुटवल लुम्बिनीको टोली

एरिक विष्ट (मार्की), मणिकुमार लामा, जिलेस्पीजंग कार्की, प्रकाश बुढाथोकी, आशिष लामा (आइकोनिक),अशिम भुषाल, सरोज तामाङ, अशोक थापा, निराजन धामी, पासाङ लामा, गौरव श्रेष्ठ, जन्मजय धामी, मनग्य नकर्मी, निशान राणा, चन्दनकुमार दास, कोउसी क्रिस्टियन, स्टेफन बिनाङ, निकोलस सर्ज सङ्ग

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?