back to top

भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन खड्काको निर्देशन

खजुरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उपचार र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा पुगेर उक्त टोलीले घाइतेको उपचारबारे जानकारी लिएको हो । टोलीमा उपप्रधानमन्त्रीसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी कृष्णदेव भट्ट, कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीलगायत थिए ।

उपप्रधानमन्त्री खड्काले घाइतेसँग भेटेर उनीहरूको उपचारबारे जानकारी लिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै भूकम्प उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनाका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको बताए ।

उनले भूकम्प गएपछि प्रधानमन्त्री आफैँले प्रभावित जिल्लामा पुगेर तत्काल उद्धार, उपचार र राहतको काम सुरु गरेकाले सरकारको सबै निकाय काममा लागेको बताए ।

उपप्रधानमन्त्री खड्काले अब राहत र पुनर्निर्माणमा केन्द्रित हुने जनाउँदै सरकारले घाइतेको सम्पूर्ण उपचार निःशुल्क गरेकाले उपचारमा कुनै समस्या नहुने प्रस्ट पारे । भेरी अस्पतालका प्रमुख डा पवनजङ्ग रायमाझीले घाइतेको उपचारबारे टोलीलाई जानकारी गराएका थिए ।

भूकम्पमा परी घाइते भएकामध्ये नेपालगञ्जमा अहिले ३८ जनाको उपचार भइरहेको छ । नेपालगञ्जमा उपचाररत रहेका ३८ जनामध्ये २१ महिला र १८ पुरुष रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनीहरूमध्ये १२ जना बालबालिका, एकजना गर्भवती महिला र पाँचजना ज्येष्ठ नागरिक रहेका छन् ।

उपचारका लागि नेपालगञ्ज ल्याइएका घाइते बिरामीमध्ये एक बाँकेका, २४ जाजरकोटको, १३ रुकुमपश्चिमको र एकजना सल्यानको रहेको भेरी अस्पतालले जनाएको छ । एकजनालाई अस्पताल पुगाउनुअघि नै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?