बुटवल । प्रहरीले स्रोत नखुलेको २६ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाललाई प्रहरीले २६ लाख ५७ हजार नगदसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सोडारीले उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत मंगलबार दिउँसो पक्राउ गरेर आज सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

