बाँकेमा फरार युवक पक्राउ गर्न प्रहरीले चलायो गोली

नेपालगन्ज । बाँकेको कोहलपुर–१२ का २९ वर्षीय पुरुषलाई धारिलो हतियार प्रयोग गरी फरार भएका एक युवकलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।

प्रहरीले खजुरा–४, बाट शुक्रबार बिहान गोली हानी कोहलपुर–११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो । कोहलपुर–१२ का मीनबहादुर विकलाई धारिलो हतियार प्रहार गरी राना फरार भएका थिए ।

आपराधिक गतिविधि गरी फरार रहेकालाई एक राउन्ड गोली हानी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

गम्भीर घाइते विकको यहाँ उपचार सम्भव नभएपछि बिहीबार नै भारतको लखनऊ लगिएको छ । रानाको भने अवस्था सामान्य रहेको र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आकाश लागूऔषध मुद्दामा पाँच वर्ष जेल सजाय भोगेर भर्खर बाहिर आएका थिए । यसअघि कोहलपुरमै उनले नाबालिगलाई जर्बजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालयमा जाहेरीसमेत परेको छ । –कान्तिपुरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?