back to top

एनएसएल : बुटवल लुम्बिनी ललितपुरसँग २-० ले पराजित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-० ले पराजित गर्‍यो ।

ललितपुरले दुबै गोल पहिलो हाफमै गरेको थियो । २६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको ललितपुरका लागि अनन्त तामाङले ६ मिनेटपछि नै अर्को गोल थपे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन र ललितपुरले ३ अंक जोड्यो ।

एनएसएल अन्तर्गत नै शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । दोस्रो हाफमा बुटवलले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?