बुटवल । कपिलवस्तुमा बसको ठक्करबाट साइकल यात्री एक युवतीको ज्यान गएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका– ८ लौगाई बस्ने अर्घाखाँची घर भएकी १८ वर्षीय सृष्टि बिसीको मत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
साइकलमा सवार बिसिलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बुङ्ची चोकमा ठक्कर दिएको थियो । उनीसँगै साइकलमा सवार रहेकी निर्मला बि.सी घाईते छन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

