बुटवल । पाल्पाको सिद्धबाबा नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको–३, तल्लो सिद्धबाबा नजिकै करिब ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सिद्धार्थ राजमार्गको नालीमा घोप्टो अवस्थामा मृत फेला परेका पुरुषको पहिचान खुलेका छैन् । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।