बर्दिया । बर्दियामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बढैयाताल गाउँपालिका–३ सिमरामा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बाँकेको खजुरा गाउँपालिका–३ का ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

