नेपालगन्ज । बाँकेमा अबैधरुपमा ल्याइएका २ लाखभन्दा बढी रुपैयाँको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।
करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

