पत्रकार महेन्द्र पाण्डेको निधन

काठमाडौँ । पत्रकार महेन्द्रप्रसाद पाण्डेको निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भइरहेका बेला उनलाई असहज भएको थियो ।

विवाह समारोहमै वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गुल्मीको रेसुंगा घर भएका पाण्डे ५३ वर्षका थिए । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् । पाण्डे ‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक थिए । पाण्डेका श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?