पाल्पामा एकैदिन ३ जनाको मृत्यु

बुटवल । पाल्पामा एकै दिन तीन जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिकामा शनिबार एक पुरुषको रुखबाट लडेर र एक पुरुष र महिला एउटै रुपमा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन् ।

तिनाउ–५ कोलडाँडाका ४६ वर्षीय शेरबहादुर गाहा चिनडेयाको दालचिनीको हाँगा काट्ने क्रममा लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाबाट सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

यस्तै तिनाउ–३ चिरीडाँडाको जंगलमा एक पुरुष र महिला एकै रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उनीहरुको पहिचान नखुलेको श्रेष्ठले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?