back to top

लुम्बिनी विकास कोषका उपाध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच आज भेटवार्ता भएको छ ।

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो ।

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता बताए ।

भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचारप्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

राजदूत किकुतालाई उपाध्यक्ष डा लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यलगायतले स्वागत गरेका थिए । राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीपलगायत क्षेत्रको भ्रमण पनि गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?