रुपन्देहीमा हतियारसहित दुई पक्राउ

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए ।

उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउसहित फेला पारेपछि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको थापाले जानकारी गराए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?