प्यूठानमा बन्यो बेसार प्रशोधन केन्द्र

काठमाडौँ । जापानले प्युठान नगरपालिकामा बनाइदिएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण भएको छ । आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुटा युताकाले प्युठान नगरपालिकालाई प्रशोधन केन्द्र हस्तान्तरण गरेका हुन् ।

जापान सरकारले हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्रको सञ्चालन ‘नेपाल राष्ट्रिय समूह’ले गर्नेछ । यो आयोजना निर्माणका लागि जापानको ग्रासरुट एण्ड ह्यूमन सेक्यूरिटी ग्रान्ट एसिस्टेन्स प्रोजेक्टले ८१ हजार १८० अमेरिकी डलर लगानी गरेको थियो ।

प्रशोधन केन्द्रको मूल्य लक्ष्य स्थानीयस्तरमा बेसारको उत्पादन बढाउने रहनेछ । यसका साथै प्युठान नगरपालिकाका र आसपासका किसानको व्यवसायीक खेतीका लागि सहयोगी हुने समेत बताइएको छ । यस क्षेत्रका किसानले अहिले पनि परम्परागतरुपमा बेसारको प्रशोधन गर्दै आइरहेका छन् ।

प्रशोधन केन्द्रको स्थापनासँगै प्युठान नगरपालिका र आसपासको किसानको उत्पादन क्षमता बढ्ने अपेक्षा गरिएको छ । यस्तै, प्रशोधन केन्द्रबाट आधुनिकरुपमा प्रशोधन हुँदा आम्दानी समेत बढ्ने बताइएको छ । फलस्वरुप न्यून मूल्यमा बेसारलाई बिक्री गर्नुपर्ने बाध्यताबाट किसान मुक्ता हुनेछन् ।

कार्यक्रममा बोल्दै राजदूत युताकाले आयोजनाबाट स्थानीयबासीको आयआर्जन बढ्ने बताए । उनले स्थानीय किसानले बेसार खेतीबाट आयआर्जन बढाउनका साथै गुणस्तरीय उत्पादनमा समेत टेवा पुग्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?