लोकतन्त्रको विकल्प छैन : अध्यक्ष केसी

लुम्बिनी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताए । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने स्पष्ट गरे ।

अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका विपक्षमा र लोकतान्त्रिक व्यवस्था जोगाउने काममा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

बुटवलमा आज आयोजित साक्षरता कार्यक्रममा नेता केसीले नेपालमा सङ्घीयताविरुद्ध देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबीसमेत गरे ।

प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाइ थियो । उनले लोकतान्त्रिक पद्धतिमा सुशासनभन्दा कुशासन बढेकाले जनतामा वितृष्णा छाएको बताए ।

नेता केसीले गठबन्धन सत्तामा जानका लागिमात्र गर्न नहुने बताउँदै गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्नसमेत दलहरुलाई सुझाव दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?