back to top

दाङमा साहित्यकार पुरस्कृत

देउखुरी । दाङमा ६ साहित्यकारलाई पुरस्कृत गरिएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल दाङ शाखाको ३१औँ स्थापना दिवसका अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

प्रगतिशील साहित्य पुरस्कार साहित्यकार क्षितिज मगरलाई प्रदान गरिएको छ । श्याम चिसद्वारा स्थापित गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार देवकुमारी खत्री, पद्मप्रसाद शर्मा–शान्ता देवी शर्माद्वारा स्थापित अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार रामप्रसाद जैसी र नारदमणि पोखरेलद्वारा स्थापित चिन्तामणि–जमुना साहित्य पुरस्कार डा खेमराज मल्ललाई प्रदान गरिएको छ ।

यसैगरी कृष्ण–गायत्रा स्मृति प्रतिष्ठानद्वारा स्थापित कृष्ण–गायत्रा साहित्य पुरस्कार प्रा डा गोपालप्रसाद शर्मा अधिकारीलाई तथा लिला, फना, वसन्ता सष्टा सम्मान पुरस्कार साहित्यकार केशव थापालाई प्रदान गरिएको छ । सो अवसरमा अग्रज साहित्यकार देवी पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले हरेक वृक्षको पात फरक हुन्छ भने र्झैँ व्यक्तिका बीचमा पनि फरक मतभेद हुने बताए । “वर्ग, साहित्य र समाज पनि फरक हुन्छ, यसलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ”, उनले भने ।

साहित्यकार सुष्मा शर्मा घिमिरेले साहित्यकार एकैथलोमा बसेर छलफल मन्थन गर्नुपर्ने तथा खबरदारी गर्ने समय आएको बताए । प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारलाइ सधैँ सक्रिय भएर लेखनीमा लाग्न आग्रह गरे । साहित्यकारको उपस्थिति, रचना र पुस्तकबाट मात्र साहित्यकार सक्रिय हुने भएकाले लेखनलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?