दाङ । दाङमा ट्याक्टर बाट खस्दा एक जनाको मृत्यु भएको छ ।
हिजो मंगलबार ट्याक्टरमा सवार रहेकी घोराही–१८ प्रगति टाेलकी १७ बर्षीय माया घर्ति मगरको ट्याक्टर बाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
घोराही १८ रानीजरुवाबाट घोराही तर्फ जादै गरेको रा १ त १६५५ नम्बरको खाली ट्याक्टरबाट खसेर घाइते भएकी मायाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार रहेको र खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

